२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले प्रक्षेपण गरेको रकेट अनियन्त्रित भएर हिन्द महासागरमा खस्यो



अ+ अ-

एजेन्सी। चीनको सबैभन्दा ठूलो रकेट माल्दिभ्स नजिकैको हिन्द महासागरमा खसेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार अप्रिल २९ मा प्रक्षेपण गरिएको रकेट अनियन्त्रित भएको थियो ।

उक्त रकेट चीनको स्थानीय समयअनुसार आइतबार १०ः२४ मा पृथ्वीमा वायुमण्डलमा पुनः प्रवेश गरेको थियो । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार वायुमण्डलमा पुनः प्रवेश गर्दा रकेटको अधिकांश भाग जलेको थियो र बाँकी रहेको भाग माल्दिभ्सको पश्चिमी क्षेत्रमा खसेको हो । 

उक्त रकेट अन्तरिक्षमा स्पेस स्टेसन निर्माणको लागि महत्वपूर्ण मोड्युल पृथ्वीको तल्लो कक्षमा पुर्‍याउने उद्देश्यका साथ प्रक्षेपण गरिएको थियो । अहिलेसम्म रकेट खस्दा जमिन वा समुद्री क्षेत्रमा कुनै नकारात्मक असर पुगेको वा नपुगेको भन्नेबारे कुनै समाचार आएको छैन । 

चिनियाँ रकेट पृथ्वीमा खसेको विषयमा अमेरिकाले चीनलाई जिम्मेवार नबनेको आरोप लगाएको छ । अमेरिकी रक्षामन्त्री लोयड औस्टिनले चीनले रकेट प्रक्षेपणको क्रममा लापरबाही गरेको आरोप लगाएका छन् ।
 




भर्खरै