२७ असार २०८३, शनिबार
,
Latest
पूर्वप्रमुख सिंहको प्रतिमा अनावरण गोरखामा दुई ‘मोटरेबल’ पुल निर्माण कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ ‘एक चीन नीति’ प्रति सचेत रहन र कुटनीतिक संवेदनशीलता कायम राख्न पूर्वराजदूतहरूको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको भर नपर्न देउवालाई महन्थ र राजेन्द्रको सुझाब, उपेन्द्रको निर्णय व्यक्तिगत भएको दाबी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।

कांग्रेस सभापति देउवालाई जसपाको भर परेर कुनै निर्णय नलिन सुझाब दिदै उहाँहरुले उपेन्द्र यादवको निर्णय एकल भएको पनि स्पष्ट पार्नुभएको छ । ठाकुर र महतोले देउवालाई बैकल्पीक सरकारको बारेमा कुनै निर्णय नगरेको स्पष्ट पार्दै विश्वासको मतमा जसपा तटस्थ बस्ने, बैकल्पीक सरकार गठन हुन नसक्ने हुँदा मुलुक निर्वाचनमा जानु पर्ने सुझाव दिनु भएको थियो ।

देउवा संग डेढ घण्टा लामो छलफलपछि उहाँहरु बुढालिकण्ठबाट बालुवाटार पुग्नु भएको छ । पछिल्लो समय ओलीसँग नजिकिनु भएका ठाकुर र महतोको पछिल्लो निर्णयले बिपक्षी मोर्च पनि हच्चिएको छ ।