२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिड्स युनाइटेडसँग टोटेनहम स्तब्ध



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिड्स युनाइटेडले टोटेनहमलाई पराजित गरेको छ । शनिबार साँझ भएको खेलमा लिड्स युनाइटेडले आफ्नो मैदानमा टोटेनहमविरुद्ध ३-१ गोलले पराजित गरेको हो ।

लिड्सको जितमा १३ औं मिनेटमा स्टुआर्ट डालास, ४२ औं मिनेटमा प्याट्रिक बाम्फोर्ड र ८४ औं मिनेटमा रोड्रिगोले गोल गरे । यता २५ औं मिनेटमा सन हेउंग मिनले गरेको गोल टोटेनहमका लागि सान्त्वना गोल हुन पुग्यो ।

३५ खेलबाट ५० अंकसहित लिड्स तालिकाको ९ औं स्थानमा छ भने समान खेलबाट टोटेनहम छैटौं स्थानमा छ ।