२६ असार २०८३, शुक्रबार
,
Latest
लुम्बिनी विश्वविद्यालयको बजेट तथा नीति–कार्यक्रम स्वीकृत पशुपतिमा साउने सोमबारको तयारी सुरु नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्राण्डी अस्पतालमा ‘टेलिपरामर्श सेवा’ शुरु



अ+ अ-

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले ‘टेलिपरामर्श सेवा’ शुरु गरेको छ । ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड–१९ को विषम परिस्थितिमा सङ्क्रमण भएर होमआइसोलेशनमा रहेका तथा कोभिड नभएका दुवैखाले बिरामीलाई लक्ष्य गरेर टेलिपरामर्श सेवा सुरु गरेको हो । 

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड सङ्क्रमण भएर होमआइसोलेशनमा बसेका तथा कोभिड नभएका दुवै खालका बिरामीलाई अनलाइनमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श दिनका लागि उक्त सेवा शुरु गरिएको राससलाई जानकारी दिनुभयो ।

“उक्त सेवासँगै बिरामीले अनलाइनमार्फत उपचारको रकम भुक्तानी गर्ने तथा अनलाइनमार्फत ‘फेस टु फेस’ चिकित्सकसँग कुरा गरेर आफ्नो समस्याबारे बताउन सक्नेछन्”, उहाँले भन्नुभयो । टेलिपरामर्श सेवासँगै बिरामीलाई अस्पताल आउनजान नपर्ने हुँदा सहज हुने उहाँको भनाइ थियो ।

ग्राण्डी अस्पतालले पछिल्लोपटक मुलुकभर कोरोना सङ्क्रमण बढेसँगै ५४ शय्यामार्फत बिरामीको उपचार गरेको छ । जसमा १६ भेन्टिलेटर र १८ आइसीयू रहेका छन् ।