२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी पत्रकार यूकी बिरुद्द म्यानमारको अदालतमा मुद्दा दायर, गलत सूचना सम्प्रेषण गरेको आरोप



अ+ अ-

काठमाडौं । म्यानमारी सेनाको नियन्त्रणमा रहेका जापानी पत्रकार किताज़ुमी यूकी बिरुद्द त्यहाको सेनाले मुद्दा चलाएको छ । जापनाले पत्रकार यूकिलाइ बिना शर्त रिहाइ गर्न माग गरिरहेका बेला म्यानमारी सेनाले गलत सूचना प्रवाह गरेको आरोपमा उनि बिरुद्द अदालतमा मुद्दा दायर गरेको म्यानमार स्थित जापानी दुतावासलाई उद्धृत गर्दै जापानको सरकारी संचार संस्था एन एच केले जनाएको छ ।

'म्यानमारमा नागरिकहरु असुरक्षित छन्' भनि झुटो सूचना सम्प्रेषण गरेको आरोप लगाउदै सोमबार पत्रकार यूकी बिरुद्द स्थानीय अदालतमा मुद्दा दायर गरिएको म्यानमार स्थित जापानी दुतावासले पुष्ठी गरेको हो । पत्रकार यूकीको गिरफ्तारी न्यायसंगत नभएको भन्दै जापानी दुतावासले उनको रिहाइका लागि पहल गर्ने र मुद्दा मामलाका बिषयमा पनि आबश्यक सहयोग गर्ने बताएको छ । यूकीलाइ त्यहाको सेनाले गत महिनाको १८ तारिख निवासबाट नियन्त्रणमा लिएको थियो ।

अदालती प्रकृयामा गएपछि पत्रकार यूकीको हिरासत बसाइ लम्बिने भन्दै अधिकारीहरुले चिन्ता ब्यक्त गरेका छन् ।  

उनले म्यानमारको पछिल्लो अबस्था बारे विभिन्न सामाजिक संजाल सहित जापानका संचार माध्यमहरुमा समाचार सम्प्रेषण गर्ने गरेका थिए । सेनाको नियन्त्रणमा रहेका पत्रकार यूकीको स्वास्थ्य अबस्था भने सामान्य रहेको समाचारमा उल्लेख छ ।