२६ असार २०८३, शुक्रबार
,
Latest
लुम्बिनी विश्वविद्यालयको बजेट तथा नीति–कार्यक्रम स्वीकृत पशुपतिमा साउने सोमबारको तयारी सुरु नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज ७ हजार ४ सय ४८ संक्रमित थपिए, ३७ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा आज थप ७ हजार ४ सय ४८ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

देशभर पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा १७ हजार १७६ परीक्षणमध्ये १६ हजार ६५८ जनाको पिसिआर र ५१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

यस्तै पछिल्लो २४ घण्टामा २ हजार २१ संक्रमित निको भएका छन् भने ३७ जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन् । 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ । यसरी एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च रहेको छ ।

 देशभर सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितसँगै देशभर संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ भने २ लाख ८६ हजार १५ संक्रमित निको भएका छन् ।