२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काङ्गेसका प्रवक्ता तथा कार्यक्रम ‘ऐना’ का प्रस्तोता शर्मा संक्रमित पुष्टि



अ+ अ-

काठमाडौं । नेपाली काङग्रेसका प्रवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम 'ऐना' का प्रस्तोता विश्वप्रकाश शर्मा कोरोना भाईरसबाट संक्रमित पुष्टि हुनुभएको छ । उहाँले आफू संक्रमित भएको जानकारी सामाजिक संजालबाट दिनुभएको हो।

ज्वरो आई जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा पुगेर स्वाब जचाउन दिएकोमा आज बिहानिपख रिपोर्ट पोजेटिभ आएको उहाँले जानकारी दिनुभएको छ।उहाँले टेकु अस्पतालका डाक्टर मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको र डेरामै आइसोलेसनमा बसेको बताउनुभयो ।

उहाँले भन्नुभयो, कोरोनाको लक्षणले च्यापेपनि मनोबल उच्च भने रहेको छ । साथै उहाँले सबैलाई सजग बनौं भनि बिनम्र आग्रह पनि गर्नुभएको छ।