२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जवान’ले तोड्यो सबै फिल्महरुको रेकर्ड



अ+ अ-

एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘जवान’ले बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ । ओपनिङ डेमा ६५ करोड ५० लाखको कमाई गर्दै रेकर्ड राख्न सफल भएको फिल्मले एकपछि अर्को रेकर्ड बनाएको छ ।

यसैबीच यो फिल्म सबैभन्दा छिटो २५० करोड कमाई गर्ने हिन्दी फिल्म बनेको छ । फिल्मले ४ दिनमा यो रेकडै बनाएको हो । यसअघि ‘पठान’ले ५ दिनमा, गदर २ ले ६ दिनमा, केजीएफ २ ले ७ दिनमा, बाहुबली २ ले ८ दिनमा तथा दंगल, टाइगर जिन्दा हे र सञ्जुले १० दिनमा यो आंकडा छोएका थिए ।

जवानले बिहीबार ६५.५०, शुक्रबार ४६.२३, शनिबार ६८.७२ र आइतबार ७१.६३ करोडको कमाई गर्दै चार दिनमा २५२.८ करोड कलेक्शन गरेको छ । यो व्यापार भारतको मात्रै रहेको छ । विश्वव्यापीरुपमा फिल्मले ५२० करोडभन्दा बढी कमाई गरिसकेको छ ।

एट्लीको निर्देशन रहेको फिल्ममा शाहरुखका अलावा नयनतारा, विजय सेतुपति प्रमुख भूमिकामा छन् ।




भर्खरै