२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष रम्तेल पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले पोखरा बागलुङ बसपार्क स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ४२ वर्षीय कुमार रम्तेललाई आज पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको समन्वयमा कास्की प्रहरीको टोलीले रम्तेललाई केही समय अघि ललितपुर महानगरपापलिका–१४ कुमारीपाटीबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोषाध्यक्ष रम्तेलविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति जारी भएअनुसार पक्राउ गरिएको हो । सुर्यदर्शन सहकारीका सञ्चालकहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा नौँ सय ७१ जना वचतकर्ताहरुले रकम हिनामिना गरेको भन्दै उजुरी दिएका प्रहरीले जनाएको छ ।