२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी मन सहित लेख्दैछु ‘हार्दिक श्रद्धान्जली कमरेड सुवास’- माधब नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गए राति निधन हुनुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गर्नुभएको छ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दु:ख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

नेता नेपालले सामाजिक संञ्जालमा लेख्नुभएको छ

हार्दिक श्रद्धान्जली कमरेड सुवास !

संविधानसभाका अध्यक्ष, नेकपा (एमाले) का उपाध्यक्ष, प्रतिनिधिसभाका सदस्य एवम् म सँग लामो राजनीतिक सहकार्य गर्नभएका कमरेड सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनायो ।

एक निडर र इमान्दार राजनीतिकर्मीका रूपमा रूपमा विद्यार्थी राजनीति हॅुदै कोअर्डिनेशन केन्द्र, नेकपा (माले) र नेकपा (एमाले) पार्टी निर्माण एवम् विस्तारमा उहॅाले लिनुभएको पहलकदमी, खेल्नुभएको भूमिका, दिनुभएको योगदान, नेतृत्व र समन्वयका अनेकन पहलहरू मेरो मानसपटलमा ताजै रहेका छन् । केवल पार्टी निर्माणमा मात्र नभई व्यवस्था परिवर्तन, समाजको रूपान्तरण, संविधानको रक्षा र विधिको शासन स्थापना गर्दै नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ भन्ने मान्यता सहित सिंगो जीवन नै संघर्षमा होम्नुभएका कमरेड नेम्बाङसंग राजनीतिक र सामाजिक जीवनका अनेकौं सहज एवम् असहज परिस्थितिमा भएका सहकार्यहरू संझिएको छु र उहॅाको भूमिका प्रति उच्च सम्मान प्रकट गर्दछु ।

कमरेड नेम्वाङको पार्थिक शरीर भएको स्थान त्रि.वि. शिक्षण अस्पताल र उहॅाको निवासमा पुगेर पार्थिक शरीर एवम् परिवारजनलाई भेटेर भर्खर फर्किदै छु, जन्मपछि मुत्यु सास्वत सत्य भएपनि अकस्मात र अकल्पनीय रूपमा भएको निधनलाई देखेर भारी मन सहित लेख्दैछु ‘हार्दिक श्रद्धान्जली कमरेड सुवास’ ! शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना १




भर्खरै