२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेम्वाङको अन्त्येष्टि बिहीबार हुने, सार्वजनिक बिदा पनि बिहीबार नै



अ+ अ-

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार हुने भएको छ । अस्ट्रेलियामा रहेका एक छोरा नेपाल आइपुग्न ढिलाइ हुने भएकाले उहाँको अन्त्येष्टि बिहीबार हुने भएको हो ।

अस्ट्रेलियामा रहेका छोरा बुधबार बेलुका ५ बजेतिर मात्र आइपुग्ने बताइएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि बुधबार दिउँसो १ बजेसम्म राखिने पार्टी स्रोतले जनाएको छ ।

तत्पश्चात किराँत संस्कारअनुसार उहाँको पार्थिव शरीरलाई बेलुका पाँचबजेसम्म उहाँको घरमै राखिने र राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णयबमोजिम नेपाली सेनाले नेम्वाङको पार्थिव शरीरको जिम्मा लिने बताइएको छ ।

बिहीबार कुन समयमा अन्त्येष्टि गरिने भन्नेबारे अहिलेसम्म तय भइनसकेको बताइएको छ । सरकारले नेम्वाङको अन्त्येष्टिका दिन नै सार्वजनिक बिदा दिने निर्णय गरेकाले बिहीबार सार्वजनिक बिदा हुने भएको छ ।

बालुवाटारस्थित निवासमा आज बिहान हृदयघात भएपछि नेम्वाङको त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।