२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वलिउड नायीका मनिषा कोइरालासंगै ‘श्रीगणेश मन्त्रोच्चारण’मा बेबिलोनका पञ्चकन्या



अ+ अ-

काठमाण्डौ । वलिउडकी चर्चित नायीका मनिषा कोइरालासंग बेबिलोन नेशनल स्कुल शान्तिनगरका ८ कक्षाका पाँचजना छात्रा ‘पञ्चकन्या’ को रुपमा एउटा म्युजिक भिडियोमा देखा पर्दैछन् ।

अभिनेत्री कोइराला सहितका सातजना भारतीय गायक गायीकाले गाएको तथा मनिषा कोइराला समेत अभिनित भजन ‘श्रीगणेश मन्त्रोच्चारण’को म्युजिक भिडियोको छायाँकन सोमबार ललितपुर मंगलबजारस्थित पाटन दरवार स्क्वायरमा गरिएको थियो ।

श्रीगणेश मन्त्रोच्चारणमा मनिषा कोइरालाको साथै भारतीय चर्चित गायीका अनुराधा पोड्वाल, सुदेश भोषले, साधना सरगमको साथै नेपालको चर्चित संगीत समूह ‘सुरसुधा’ का सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर रहेको छ ।

निर्देशक सुब्रतराज आचार्यद्वारा निर्देशित म्युजिक भिडियोको छायाँकनमा बेबिलोन स्कुलका छात्राहरु नोरिन बस्नेत, सायरा आचार्य, श्री खरेल, सुरभि पौडेल र सौम्या भट्टराईले पञ्चकन्याको रुपमा अभिनय गरेको बेबिलोन स्कुलकी विद्यालय अभिभावक संयोजक कमला केसीले बताउनुभयो ।