६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान निर्माणमा नेम्वाङको नेतृत्वदायी भूमिका: मदन भण्डारी फाउण्डेसन



अ+ अ-

काठमाडौं । मदन भण्डारी फाउण्डेसनले स्वर्गीय सुवासचन्द्र नेम्वाङले २०७२ सालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको बताएको छ ।

नेम्वाङको निधनमा आज मंगलबार शोक वक्तव्य जारी गर्दै फाउण्डेसनले संविधानवादको उचाईमा रहेर संविधधान सभाको अध्यक्षको हैसियतमा गणतनत्र नेपालको निर्माणमा उत्कृष्ट र नेतृत्वदागी भूमिका निर्वाह गरेको बताएको हो ।

‘संविधान सभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित र अकल्पनीय निधनबाट नेपालले एक असल नागरिक र कुशल राजनीतिज्ञ गुमाएको छ,’ वक्तव्यमा भनिएको छ, कानुन विषयका प्राध्यापक र वरिष्ट अधिवक्ता समेत रहिसक्नुभएका नेम्वाङले संविधानवादको उचाईमा रही संविधानसभाको अध्यक्षको हैसियतमा गणतन्त्र नेपालको संविधान निर्माणमा उत्कृष्ट नेतृत्व प्रदान गर्नुभएको थियो ।’

साथै, संविधानको व्यावहारिक कार्यान्वयनका लागि प्रतिनिधिसभाको सभामुखको रूपमा समेत अग्रणी भूमिका निर्वाह गरेको फाउण्डेसनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले बताए ।

‘२०५६ सालदेखि इलाम जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित जनप्रतिनिधिको रूपमा मुलुकको नेतृत्व गर्ने क्रममा श्री नेम्वाङले नेकपा ९एमाले०, इलाम जिल्ला र सिङ्गै मुलुकको गरिमालाई उँचो बनाउनु भएको छ,’ अध्यक्ष पाण्डेद्वारा हस्ताक्षरित शोक वक्तव्यमा अगाडि भनिएको छ, ‘मदन भण्डारी फाउण्डेशनको स्थापना कालदेखि नै यसका गतिविधिमा चासो राख्दै आवश्यक सुझाव, सल्लाह दिने र प्रगतिको चाहना राख्ने अभिभावकीय भूमिकाप्रति फाउण्डेशनका सदस्यसहित आम नेपालीको मनमा उहाँको स्मृति सदैव ताजा रहिरहनेछ ।’

फाउण्डेसनले दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।