२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलवारदेखि भृकुटीमण्डपमा ‘नाडा अटो शो, २०२३’ शुरु



अ+ अ-

मंगलवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला ’नाडा अटो शो, २०२३’ शुरु भएको छ ।

नाडाको १५ औँ संस्करणको अटो शोको अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गर्नुभएको हो । कोभिड–१९ पछि तीन वर्षको अन्तरालमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल अटो शोको आयोजना गरेको हो । उक्त अटो शोमा चार पाङ्ग्र्रे, दुई पाङ्ग्रे सवारी ब्राण्डसहित अन्य अटो कम्पोनेण्ट, टायर, लुब्रिकेन्ट तथा स्पेयर पार्टस्सहित १२० स्टलहरु रहेका छन् । जसमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको समेत स्टहरु राखेर सहभागिता जनाएका छन् ।

मेलामा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता रहेको छ । मेलामा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा बैंक तथा वित्तीय संस्था र ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता छ ।

भदौ २६ देखि ३१ गतेसम्म ६ दिन चल्ने अटो शोमा ७५ हजार भन्दा बढी अवलोकनकर्ताहरूले शोको अवलोकन गर्ने र २० अर्ब रुपैयाँ बढीको व्यापार हुने नाडाले जनाएको छ । अटो शोको अवलोकनकर्ताका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ ।