२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा ‘ग्याङ फाईट’, उपमेयरका भाइसहित ८ जना पक्राउ



अ+ अ-

विराटनगर । धरानमा मङ्गलवार भएको ‘ग्याङ फाईट’मा सङ्लग्न रहेको आरोपमा प्रहरीले उपमेयर अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघालाई नियन्त्रणमा लिएको छ ।

बेघा सहितको समूहले धरान १५ सूर्यवस्तीका सन्देश राईलाई कुतपिट गरेको आरोपमा उनलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

सुरुमा विष्णुको समूहले सन्देश राईलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो । पछि फेरी सन्देशको समूहले उपमेयरका भाई विष्णुलाई घरैमा गएर कुटेको थियो ।

पुरानो रिसीइबीका कारण घटना भएको हुनसक्ने धरानका डीएसपी नवराज मल्लले बताए ।

विष्णुको समूहबाट कुटपिट भएका सन्देशको अवस्था चिन्ताजनक रहेको छ । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यता, विष्णुको पनि टाउको र अनुहारमा चोट लागेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ८ जनलाई पक्राउ गरेको छ । प्रहरीले विष्णुको ग्याङबाट उनीसहित बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङलाई पक्राउ गरेको छ भने सन्देशको ग्याङबाट अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राईलाई पक्राउ गरेको छ ।