२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा के छ ? (पूर्णपाठ सहित)



संघीय संसद। फाईल फोटो
अ+ अ-

काठमाडौँ । सरकारले प्रतिनिधिसभामा ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ दर्ता गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले आज उक्त विधेयक दर्ता गराएका हुन् ।

विधेयकमा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोगको व्यवस्था गराएको छ। विद्यालयको प्रधानाध्यापकको छनोट सम्बन्धी व्यवस्था पनि प्रस्ताव गरिएको छ।

यस्तै, यसमा सामाजिक, धार्मिक वा कल्याणकारी संस्थाले मुनाफा नलिने उद्देश्य राखी विद्यालय सञ्चालन गर्न सक्ने र त्यस्तो विद्यालय शैक्षिक गुठीमा स्थापना हुनुपर्ने, कम्पनी कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालय यो ऐन प्रारम्भ भएपछि शैक्षिक गुठीको रुपमा रुपान्तरण गरी सञ्चालन गर्न सकिने व्यवस्था प्रस्तावित गरिएको छ ।

विधेयकमा सार्वजनिक विद्यालयको स्थापना र सञ्चालन राष्ट्रिय मापदण्डको आधारमा स्थानीय तहले गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसबाट नेपालको संविधानको व्यवस्था बमोजिम विद्यालयको स्थापना र सञ्चालनमा प्रभावकारिता आउने उल्लेख छ ।

यस्तै, विद्यालयको स्थापना तथा सञ्चालन वा कक्षा वा तह थपको अनुमति राष्ट्रिय मापदण्डको अधिनमा रही स्थानीय कानुन बमोजिम स्थानीय तहले दिने, विद्यालय स्थापनाको नक्साङ्कन र स्रोतको सुनिश्चिताको आधारमा मात्र हुन सक्ने व्यवस्थाको पनि उल्लेख गरिएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/09/kycsri0wk5dlhuy2.pdf”]