२५ असार २०८३, बिहीबार
,
Latest
नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० किलो सुन तस्करी प्रकरण: भन्सारका कर्मचारीमात्रै ८ जना पक्राउ



अ+ अ-

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा भन्सारका कर्मचारीमात्रै ८ जना पक्राउ परेको सीआईबीले जनाएको छ ।

बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पत्रकार सम्मेलन गर्दै उक्त प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ८ जना कर्मचारी पक्राउ परेका जानकारी दिएको हो ।

सीआईबीको अनुसार यस प्रकरणमा भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक १ जना, कम्पनी खोल्ने १ जना, कम्पनी खडा गर्ने र मालवस्तु व्यवस्थापक २ जना र सुनको कारोबारमा संलग्न ११ जना पक्राउ परेका छन् । यी सबैगरी ३२ जना पक्राउ परेको र अन्य १८ जना फरार रहेका छन्।

फरार रहेका १८ जनाको खोजिकार्य भईरहेको छ उनीहरुलाई खोज्नका लागि सबै विधिहरु अबलम्बन गरिएको डीआईजी यज्ञविनोद पोखरेलले जानकारी दिए । उनले फरारहरुलाई पक्राउ गर्नका लागि पर्पल नोटिस जारी गरिसकिएको बताए ।

६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा सीआईबीले १८ फरारसहित ५० जनालाई प्रतिवादी बनाउन जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।