काठमाडौँ । जनमत पार्टीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार हुन योग्य तथा मापदण्ड पुगेका उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रीय सचिवालयमा पठाउन अनुरोध गरेको छ ।
पार्टीका अध्यक्ष सिके राउतद्वारा हस्ताक्षरित पत्रमा सिफारिस गरिएका उम्मेदवारको केन्द्रीय कार्यकारिणी समितिले मूल्याङ्कन गरी अन्तिम टुङ्गो लगाउने उल्लेख छ ।













