२५ असार २०८३, बिहीबार
,
Latest
नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनाको म्याद थप गरिँदै



अ+ अ-

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई म्याद थप गर्नको लागि जिल्ला अदालत काठमाडौँ लगिएको छ ।

पछिल्लो पटक पाएको म्याद सकिएसँगै पक्राउ परेका ३२ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत पुर्याएको हो ।

यसैगरी, ब्यूरोले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी पनि छ । सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी जम्मा ५० जनालाई मुद्दा चलाउन काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।