२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब सडकमै बग्न थाल्यो २२ लाख लिटर रक्सी… (भिडियोसहित)



अ+ अ-

एजेन्सी । पोर्चुगलको साओ लोरेनो डे बैरोमा एउटा अनौठो घटना देखिएको छ । वास्तवमा आइतबार सडकमा रेड वाइनको खोला बग्न थाल्यो, जुन देखेर मानिसहरु छक्क परेका थिए ।

यसको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जहाँ लाखौं लिटर रेड वाइन सडकमा बगिरहेको छ । बहाव यति बलियो थियो कि धेरै घरको भूइँतला पनि रेड वाइनले भरिएको थियो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार २२ लाख लिटरभन्दा बढी रेड वाइन भएको ट्याङ्की फुटेपछि सडकमा रेड वाइन बग्न थाल्यो । यो प्रवाह नजिकैको खोलातर्फ तीव्र गतिमा सर्न थालेपछि समस्या उत्पन्न भयो । रेड वाइनको बहाव यति धेरै थियो कि घरको भूइँतला पनि भरियो ।

घटनाको जानकारी पाएपछि दमकलले शर्टीमा नदी मदिराको खोलामा परिणत हुनुअघि नै कारबाही थालेको थियो । रेड वाइनको बहावलाई नजिकैको खेततर्फ प्रवाहित गरियो । लेभिरा डिस्टिलरीले घटनाको लागि माफी मागेको छ भने क्षति र मर्मत लागतको पूर्ण जिम्मेवारी लिएको छ ।