२६ असार २०८३, शुक्रबार
,
Latest
वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित थपिए, ३६ सय ८९ को मृत्यु



अ+ अ-

नयाँ दिल्लीः भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको हो ।

यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी सङ्क्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो दिनको भन्दा केही कम हो ।  

भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड ९५ लाख ५७ हजार ४५७ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६८९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । 

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या दुई लाख १५ हजार ५४२ पुगेको छ । 

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये ३३ लाख ४९ हजार ६४४ अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन लाख सात हजार ८६५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक करोड ५९ लाख ९२ हजार २७१ पुगेको अधिकारीहरुले जनाएका छन् ।  

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म २९ करोड एक लाख ४२ हजार ३३९ पटक स्वाब परीक्षण गरेको छ भने पछिल्लो एक दिनमा मात्रै १८ लाख चार हजार ९५४ जनाको कोरोना परीक्षण गरिएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १५ करोड ६८ लाख १६ हजार ३१ ओटा खोप प्रयोग भएको छ ।