२४ असार २०८३, बुधबार
,
Latest
एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग कैलालीमा बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक… सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: पक्राउ परेका ३२ जनालाई ४ दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले उनीहरुलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएको हो ।

यस्तै, ब्युरोले बुधबार सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी जम्मा ५० जनालाई मुद्दा चलाउन राय दिएको छ ।

पक्राउ परेकाबिरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन सिफारिस गरेको छ ।