६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछुः प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघ (युएन) को महासभामा आफूले गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित ‘मुलुकको समृद्धिः सम्भावना र चुनौति’ विषयक कार्यक्रममा बोल्दै उहाँले नेपाल अतिकमविकसित राष्ट्रको अध्यक्ष राष्ट्र भएको उल्लेख गर्दै त्यसको पक्षमा नयाँ भिजन दिने गरी युएन महासभामा प्रश्तुत हुने दाबी गर्नुभएको हो । सो महासभामा आफूले जलवायु परिवर्तनका कारण गरिव मुलुकहरुले भोग्नुपरेको समस्याबारे पनि जोड दिएर धारणा राख्ने बताउनु भयो ।

उहाँले आफ्नो चीन भ्रमणमा पनि कृषि, पूर्वाधार र विद्युतका लागि ट्रान्समिशन लाइन निर्माणमा बढी जोड दिएर छलफल गर्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले सरकारले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै जनतामा निराशा बाँड्ने काम नगर्न पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । अध्यारोमा हेर्ने र त्यतैतिर जाने काम गरे मुलुक अपm्ठ्यारोतिर नै जान सक्ने उहाँको भनाई थियो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘अब अहिले युनएन भिजिटमा पनि मैले नेपालको विकासको आवश्यक्ता र प्रयासहरुबारे क्लाईमेट चेन्जको जे असर परेको छ । हिमाल सेतोबाट कालो हुँदै गएका छन् । र, यसले साउथ एशियामा मात्रै होइन, ग्लोवलमा नै यसले निकै ठूलो नेगेटिभ इम्प्याक्ट पारेको कुरालाई मैले अघि जोड दिएर उठाउने सोजेको छु अहिले । अनि लिस्ट डेभलप कन्ट्रिको चियर छौं । गरिवको नेता छ यतिबेला नेपाल । त्यो हैसियतले गरिव देशहरुकोतर्फबाट पनि हामीले केही कुरा भन्नु छ । केही नयाँ भिजन दिनुछ । त्यसपछि लगत्तै चीन भिजिटमा हाम्रो एग्रिकल्चर सेक्टरमा, म्यानेफ्याक्टरि सेक्टरमा, पूर्वाधार विकासमा, अनि टान्समिशनलाईन हामीले चीनतिर पनि किनभने अब स्थिति फेरिएको छ । त्यसमा पनि हामीेले जोड दिने प्रयास गर्दैछौं ।

नेगेटिभ न्यारोटिभबाट अलिकति पोजेटिभ न्यारेटिभ बनाउनेतिर सबैले बल गरौं । उज्यालोतिर हेर्ने बल गरौं । कसैले राम्रो गर्न खोजेको छ भने यसले राम्रो गर्न खोजेको छ भनेर जनतालाई भनिदिऊ । र, अलि आशावादी बनाऊ । र, मात्रै देश बन्छ । नत्र हामीले खाली अध्यारो हेर्ने, अध्यारोकै प्रचार गर्ने, निराशा देख्ने, निराशाकै प्रचार गर्ने भयो भने अपm्ठ्यारो छ । त्यसो भयो भने धेरै अपm्ठ्यारोमा जान पनि सकिन्छ । त्यसकारण सरकार प्रमुखको हैसियतले मैले यो पटक केही चिज नयाँ गर्ने जमर्को गरेको छु ।’

प्रधानमन्त्री दाहालले हाइड्रोजन इनर्जीको प्रचुर सम्भावना नेपालमा रहेकाले त्यसको विकासमा पनि आफूहरु लागि परेको दोहोर्याउनु भयो ।