२६ असार २०८३, शुक्रबार
,
Latest
वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा थप तीन सङ्क्रमितको मृत्यु



अ+ अ-

नेपालगञ्ज । नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताउनुभयो । 

उहाँका अनुसार, वैशाख १५ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएकी नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ५८ वर्षीया महिलाको बिहान ९ः१५ बजे र भेरी अस्पतालमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुषको बिहान १०ः३० बजे मृत्यु भएको हो ।  

यसैगरी, भेरी अस्पतालमा वैशाख १३ गते भर्ना हुनुभएका दाङ तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४६ वर्षीय पुरुषको दिउँसो ३ बजे मृत्यु भएको स्रोत व्यक्ति तेज वलीले बताउनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको छ ।