२६ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ? नेप्से परिसूचक झिनो अङ्कले घट्यो असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरू गरिने गणेश नेपाली प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसको एक निजी घरमा आगलागी, एकै परिवारका आठ जनाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । रुसको एक निजी घरमा भएको आगलागीका परी आठ जनाको मत्यु भएको एक समाचारमा जनाइएको छ । घरमा आगोलागेको तर त्यसभित्र रहेका परिवारका सदस्य निस्किन नपाएका समाचारमा जनाइएको छ । 

पछिल्लो समाचारअनुसार सो आगलागीमा परेर दुई जना बालबालिकाको पनि मृत्यु भएको थियो । श्निबार बिहानै रुसको पर्म भन्ने क्षेत्रमा आगलागी भएको बताइएको छ । त्यसमा परेर एकै परिवारका आठ जनाको ज्यान गएको बताइएको छ ।
 
एक तले काठको घरमा आगो लागेको थियो । त्यसमा परेर परिवारका सदस्य सबैको ज्यान गएको थियो । यो आगलागीको घटना रहस्यमय रहेको भन्दै प्रहरीले अनुसन्धान टोली गठन पनि गरेको छ । 

सो टोलीले अनुसन्धान शुरु गरेको र शुरुमा त्यस घटनाका प्रत्यक्षदर्शीहरुसँग बयान लिने काम गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ ।