२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदीमा ४ महिनादेखि २० नेपाली अलपत्र



अ+ अ-

काठमाडौँ । साउदी अरबमा ४ महिनादेखि २० नेपाली अलपत्र परेका छन् । सितापाइलामा रहेको एडभेन्चर ह्युमन रिर्सोसमार्फत साउदी पुगेका उनीहरू अलकसिममा ४ महिनादेखि अलपत्र परेका हुन् ।

करिब डेढ वर्ष अघि साउदी पुगेका उनीहरूलाई चार महिनादेखि कम्पनीले काम र तलब नदिएरपछि सडकमा अलपत्र परेका छन् । विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा रूलाईखाने व्यवस्था मिलाइएको छ ।

बाथरूमको पानी खाएर बस्नु परेको बाध्यता रहेको बताउदै एक एक पीडितले भने, ‘काम पनि दिएको छैन् । तलब पनि दिएको छैन् । हामीलाई खानको लागि १०–१५ दिनमा १०० रियाल दिइरहेको छ । त्यो पैसाले हामीले के गर्ने ? मेनपावर कम्पनीसँग भन्दा चुप लागेर बस भनिरहन्छ ।’ कम्पनीले उनीहरू सबै जनाको पासपोर्ट खोसेर राखेको उनले बताए ।

सामाजिक सञ्जालमार्फत उनीहरुको दु:ख सार्वजनिक भएपछि सरकारको ध्यानाकर्षण भएको र उनीहरूको उद्धारको पहल थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । रोजगारदाता कम्पनीसँग सम्बाद भएको मन्त्रालयले जनाएको छ ।