२६ असार २०८३, शुक्रबार
,
Latest
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड–१९ उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन



अ+ अ-

मोरङ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट सङ्क्रमितलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा  दिन निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा  बिहीबार यहाँ आयोजित  कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा प्रदेशमा  केन्द्रले उपचार कार्यमा उदाहरणीय कार्य गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री राईले निजी अस्पतालमा नभएको सेवा सुविधा एवं स्वास्थ्य सामग्री  केन्द्रमा रहेकाले सोही अनुसार नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह  भयो । अस्पतालमा भर्ना भएकाहरूबाट उपचारका सम्बन्धमा कुनै गुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रदेश सरकारद्वारा सञ्चालित केन्द्रले राम्रो एवं गुणस्तरीय उपचार सेवा दिन्छ भन्ने महसुस सङ्क्रमित र परिवारले महसुस गराउनुपर्नेमा आवश्यकता औँल्याउनुभयो ।

प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरी गत पुस ५ गते हस्तान्तरण गरेको नागरिक हेरचाह केन्द्रमा शुक्रबारदेखि सङ्क्रमितको उपचार शुरु गरिने जानकारी दिँदै मन्त्री राईले आवश्यक जनशक्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “आन्तरिक व्यवस्थापन राम्रोसँग हुनुप¥यो, बजेटको समस्या कुनै छैन”, उहाँले अस्पतालको व्यवस्थापन र अस्पतालजन्य फोहरको उचित व्यवस्थापन गर्न केन्द्रका संयोजक वैद्यनाथ साहलाई समेत निर्देशन दिनुभएको छ ।

मन्त्री राईले सङ्क्रमित बिरामीलाई औषधिको पनि कमी नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । कोभिड अस्पतालका संयोजक साहले अस्पतालमा ८३ वटा अक्सिजन शय्या र २१ वटा भेन्टिलेटर शय्या तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा चुमनलाल दास, डा दीपक सिग्देललगायतको उपस्थिति रहेको थियो ।




भर्खरै