२६ असार २०८३, शुक्रबार
,
Latest
सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन ‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा एकैदिन भेटिए १७५ सङ्क्रमित



अ+ अ-

पर्सा । दुई अङ्कमा भेटिदै आएको कोरोना सङ्क्रमितको सङ्ख्या पर्सामा तेहरो अङ्कमा प्रवेश गरेको छ । वीरगञ्ज नारायणी अस्पतालको प्रयोगशालामा २८८ जनाको स्वाब नमूनालाई परीक्षण गर्दा १७५ मा सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाब नमूनाको आज बिहान आएको परीक्षण रिर्पोटमा १० देखि ७२ वर्ष उम्मेर समूहका १३१ पुरुष र ४४ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकाबाट १३१, बाराबाट ३४, सर्लाहीबाट पाँच, रौतहटबाट तीन र महोत्तरी तथा दाङबाट एक÷एक सङ्क्रमित भेटिएको नारायणी अस्पतालका कोभिड संयोजक डा दासले जानकारी दिनुभयो ।

उहाँले भेटिएका सङ्क्रमितको सिटी भ्यालु १४.२ देखि ३५.२ सम्म रहेको छ भने १५ देखि ३५ वर्ष उमेर समूहका सङ्क्रमितको सङ्ख्या बढी रहेको बताउनुभयो । यससँगै पर्सामा कूल सङ्क्रमितको सङ्ख्या चार हजार ४३९ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २९२ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




भर्खरै