२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैह्रिगाउँ सामूहिक हत्यामा सम्लग्न व्यक्ति भक्तपुरबाट पक्राउ, प्रहरीले सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित गैह्रिगाउँमा शुक्रवार मध्यराति दिब्य सःमिलमा चार जनाको भएको सामूहिक हत्यामा सम्लग्न व्यक्तिको पहिचान खलेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा सम्लग्न भएको आरोपमा आइतबार थप एकजना शंकास्पदलाई पक्राउ गरि घटनाको प्रारम्भिक अनुसन्धानबाट सम्लग्न व्यक्ति खुली सकेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायवमहानिरीक्षक कुवेर कडायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उक्त सामुहिक हत्यामा सम्लग्न भएको आरोपमा आज थप एकजनालाई पक्राउ गरिएको छ, घटनाको प्रारम्भिक अनुसन्धानबाट सम्लग्न व्यक्ति खुली सकेकोले पत्रकार सम्मेलन गरी हत्यारा सार्वजनिक गरिने छ ।”

निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त सामुहिक हत्यामा दिब्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उनकी श्रीमती अम्बिका भुजेल, ७० वर्षीया आमा सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नविन राई रहेका छन् ।

उनीहरुको टाउको र शरिरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको प्रहरीले जनाएको छ ।