२६ असार २०८३, शुक्रबार
,
Latest
सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन ‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईले राजस्थानलाई ७ विकेटले हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा मुम्बईले टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले २० ओभरमा ४ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । 

राजस्थानका लागि कप्तान सञ्जु सामसनले २७ बलमा ४२ रन बनाए । यस्तै जोस बटलरले ३२ रनमा ४१ रन जोडे । 

१७२ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १८.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । मुम्बईका क्विन्टन डी कोक ५० बलमा ७० रनमा अविजित रहे ।

उनले ६ चौका र २ छक्का प्रहार गरे । कुर्णाल पाण्ड्याले २६ बलमा ३९ रनको योगदानी दिए । कायरन पोलार्ड ८ बलमा १६ रनसहित अविजित रहे । मुम्बईका राहुल चाहरले २ तथा ट्रेन्ट बोल्ट र जास्प्रित बुमराहले १/१ विकेट लिए । 

राजस्थानका क्रिस मोरीसले २ तथा मुस्ताफिजुर रेहमानले १ विकेट लिए । 




भर्खरै