२६ असार २०८३, शुक्रबार
,
Latest
सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन ‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपामा किचलोः एकपक्षको कारवाही, अर्को पक्षको केन्द्रबाट कारवाही नभएको स्पष्टोक्ती



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीले पार्टीको नीतिविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै आफ्ना चार सांसदलाई कारवाही गरेको छ।

वैशाख ६ गते आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले बनाउनुभएको थियो  । 

सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, समुन शर्मा र कल्पना पाण्डेलाई पार्टीले कारवाही गरेको हो ।

यता अध्यक्ष महन्थ ठाकुरले भने प्रदेशसभामा लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय समितिबाट नभएको भन्दै अर्को पत्र पठाउनुभएको छ । 

अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई केन्द्रीयस्तरबाट कुनै कारवाही नभएको  पत्रमा उल्लेख गर्नुभएको छ । 

बाबुराम भट्टराई र उपेन्द्र यादवले पत्र पठाएर उहाँहरूलाई कारवाही गरेको भन्दै ठाकुर पक्षले केन्द्रीय कार्यकारीणी समितिको बैठक नै नबसेको र आफूहरूको त्यसमा सहमति नभएको भन्दै अर्को पत्र पठाएको बताइएको छ ।




भर्खरै