२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिसे नगर्ची’ मार्फत भारतीय दर्शकको मन जितेर फर्के दर्शना स्कुलका विद्यार्थी



अ+ अ-

काठमाण्डौ । भारतको उडिसामा आयोजित ‘३१ औं अन्तर्राष्ट्रिय नाटक, नृत्य र संगित प्रतियोगिता’ मा ‘बिसे नगर्ची’ नाटक मञ्चन गरि भारतीय दर्शक र नाट्यकर्मीहरुको मन जितेर कागेश्वरी मनोहरा—९, गोठाटारको दर्शना स्कुलका विद्यार्थी स्वदेश फर्केका छन् ।

राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहलाई नेपालको एकिकरण गर्ने समयमा अर्थ संकलनको लागि महत्वपूर्ण भूमिका निभाएका सामान्य व्यक्ति बिसे नगर्चीको जीवनीमा आधारित सो नाटक हेरेपछि भारतीय दर्शक र नाट्यकर्मीले प्रशंसा गरेको कार्यक्रममा सहभागी विद्यालयका निर्देशक सुदर्शन सिहंले बताए ।

अन्तर्राष्ट्रिय रंगमञ्च पर्वको अवसर पारेर इण्डिया थियटर ओलम्पियाड मातहतको उत्कल युवा सांस्कृतिक संघको आयोजनामा भएको अल इण्डिया नाटक, नृत्य र संगित प्रतियोगितामा नेपालको तर्फबाट दर्शना स्कुलका विद्यार्थीहरु मात्रै ‘आमन्त्रित’को रुपमा सहभागी भएको विद्यालयका प्रिन्सिपल विनोद थापा मगरले बताए ।

उनीहरुले साहित्यकार भिमनिधि तिवारीद्वारा लिखित तथा सुरेन्द्र क्षेत्री निर्देशित नेपालको चर्चित नाटक ‘बिसे नगर्ची’ मञ्चन गरेका थिए । आयोजकले दर्शना स्कुल र नाट्यकर्मी विद्यार्थीलाई ट्रफि, मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका थिए ।

विद्यालयका कार्यक्रम निर्देशक सुर्दशन सिंहको नेतृत्वमा गएका १० जना नाट्यकर्मी विद्यार्थीहरुमा सम्पदा सिंह रिमाल, विश्वास ज्वाला उलक, रोशनी खड्का, आरुशि श्रेष्ठ, आभाष दाहाल, सुदिप माझि, सागर पौडेल, रिद्धि पौडेल, निकेश पौडेल, प्रकाश कार्की थिए ।