२६ असार २०८३, शुक्रबार
,
Latest
सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन ‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीको दुई सङ्क्रमितको मृत्यु



अ+ अ-

डोटी । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीको घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरूषको मृत्यु भएको हो ।
 
निर्देशनालयका अनुसार बुधबार अस्पताल भर्ना भएका घोडाघोडीका सङ्क्रमितको आइसीयूमा उपचार भइरहेको थियो । श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उहाँलाई निमोनियासमेत भएको थियो । लम्कीचुहाका सङ्क्रमित वैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि निमोनिया रहेको अस्पतालले जनाएको छ ।




भर्खरै