२६ असार २०८३, शुक्रबार
,
Latest
सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन ‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यका भित्रको धार्मिक तथा सांस्कृतिक स्थलहरुमा भिडभाड नगर्न मेयर शाक्यको अपिल (भिडियो सहित)



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रको धार्मिक तथा सांस्कृतिक स्थलहरुमा भिडभाड नगर्न महानगरबासिलाई अपिल गर्नुभएको छ । 

बिहीबार महानगरपालिका बासिलाई अपिल गर्दै प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणको दोस्रो लहर काडमाडौंभित्र द्रुत गतिमा फैलन सक्ने भन्दै सरकारले जारी गरेको सुचनालाई आधार मानि स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । उहाँले काठमाडौं महानरपालिका देशको प्रमुख सांस्कृतिक शहर भएका कारण मठ, मन्दिर लगायत धार्मिक स्थलहरुमा पुजापाठ गर्ने प्रचलन रहेको भन्दै धार्मिक स्थलमा भिडभाड हुँदा संक्रमण फैलिने भएकाले ति स्थानहरुमा भिडभाड नगरीदिन अनुरोध गर्नुभएको छ ।

प्रमुख शाक्यले महानगरपालिका भित्र बसोबास गर्नेहरुमा कुनै प्रकारको स्वास्थ्य जटिलता आएका हटलाइन ११८०, मोवाईल नम्बरहरु ९८४९८५६६७२, ९८४९८५६६७१ र कोरोनाका विरामीहरुका लागि निशुल्क एम्बुलेन्स सेवा चाहिएमा १०२ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ । अन्य कुनै समस्या भएमा सम्बन्धित वडाका वडाअध्यक्षहरुको नम्बरमा सिधै सम्पर्क गर्न पनि प्रमुख शाक्यले अनुरोध गर्नुभएको छ ।




भर्खरै