१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१९ च्याम्पियनसिपको तयारी पुरा, टिकट मूल्य १०० र ३००



अ+ अ-

काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप–२०२३ को तयारी पुरा भएको छ । मङ्गलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।

दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार तय भएको प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा चल्नेछ । सो प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ टोली प्रशिक्षक सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको छ ।

प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिताका लागि सहभागी राष्ट्रहरू आउने क्रम जारी छ । उनका अनुसार भुटान, भारत, माल्दिभ्स र बंगलादेशको टोली आज आउने तालिका रहेको छ भने पाकिस्तानको टोली भोलि आइपुग्नेछ ।

सहभागी टोलीका लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ । प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ रहेको एन्फाले जनाएको छ ।

प्रतियोगिताको मार्केटिङ अधिकार नेपाल स्पोट्स सेन्टरलाई प्रदान गरिएको छ । प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ रु १०० र भिआइपी पारापिटतर्फ रु ३०० कायम गरिएको छ । टिकट खल्तीको एपबाट वा रङ्गशालामा भौतिक रूपमा पनि किन्न पाइने एन्फाले जनाएको छ ।