२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहेअघि राघव–परिणितीको परिवारबीच दिल्लीमा क्रिकेट खेल हुने



अ+ अ-

एजेन्सी । आम आदमी पार्टीका सांसद राघव चड्ढा र बलिउड अभिनेत्री परिणीति चोपडाले सेप्टेम्बर २४ मा उदयपुर (भारत)मा विवाह गर्दैछन् ।

परिणिती–राघवको विवाह अघि दिल्लीमा दुई परिवारबीच क्रिकेट खेल हुने भएको । भारतीय सञ्चारमाध्यमका अनुसार विवाहअघि दुवै परिवारका पाहुनाका लागि विभिन्न किसिमका खेल र मनोरञ्जनात्मक कार्यक्रमको योजना बनाइएको छ ।

यो चोपडा भर्सेस चड्ढा परिवारको खेल हुनेछ । राघव–परिणितीका विशेष साथीहरू पनि यो खेलको हिस्सा हुनेछन् । यो खेलपछि दुवैको परिवार विवाह समारोहका लागि उदयपुर जानेछन् ।

उदयपुरमा सेप्टेम्बर २३ देखि विवाह समारोह सुरु हुँदैछ । यी कार्यक्रमहरु होटल लीला प्यालेसमा हुनेछन् । यसपछि चण्डीगढमा रिसेप्शन पार्टी हुनेछ । विवाह समारोह २४ सेप्टेम्बरमा उदयपुरको ताजलेक होटलमा हुनेछ ।

विवाहमा आउने पाहुनाको नामावली पनि टुंगो लागेको छ । यो विवाहमा कांग्रेस नेता राहुल गान्धी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जाबका मुख्यमन्त्री भगवन्त मान, राज्यसभा सदस्य कपिल सिब्बल, आप सांसद सञ्जय सिंह र कांग्रेस पार्टीका प्रवक्ता अभिषेक मनु सिंघवीलाई पनि निम्तो दिइएको छ ।

विवाहमा बलिउड उद्योगका दिग्गज कलाकार पनि सहभागी हुनेछन् । विवाहमा परिणीतिकी बहिनी प्रियंका चोपडा पनि सहभागी हुनेछिन् ।

राघव(परिणितीको यही वर्ष दिल्लीको कपुरथला हाउसमा इन्गेजमेन्ट भएको थियो ।