२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’ गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहयोगको वाचा गर्दै चिनियाँ विदेशमन्त्रीले भारतीय विदेशमन्त्रीलाई पठाए यस्तो पत्र



अ+ अ-

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय विदेशमन्त्री एस जयशंकरलाई एक पत्र पठाएर महामारीका कारण भारतले गरिरहेको संघर्षप्रति सहानुभूति दिएका छन् । 

उनले बिहीबार नै भारतीय विदेशमन्त्री जयशंकरलाई पठाएको पत्रमा कोरोना महामारी कुनै एक देश या क्षेत्रमा मात्र सीमित नरहेर विश्वका देशहरुलाई नै ठूलो दुःख दिइरहेको भन्दै चीन सरकारका तर्फबाट भारतीय सरकार र त्यहाँका जनतालाई सान्त्वना प्रकट गरेका छन् ।

विदेशमन्त्री वाङले भनेका छन्– यो महामारी अहिलेको मानव जगतकै शत्रु बनेर आएकोले यसको उन्मूलनका लागि विश्वका सबै समुदायहरुको ऐक्यबद्धताको आवश्यकता रहेको बताएका छन् । 

त्यस पत्रमा उनले चीनले आफ्नो देशमा उत्पादन भइरहेका कोभिड १९ का विरुद्धमा लड्नका लागि आवश्यक पर्ने औषधि तथा स्वास्थ्या सामग्रीहरु सहयोग स्वरुप प्रदान गर्ने पनि बताएका छन् । 

उनले भनेका छन्– हामीले भारतले पछिल्लो समयमा महामारीका कारण पाएको दुःख र संघर्ष देखेका छौँ, त्यसैले यस्तो अप्ठेरो अवस्थामा आवश्यक रुपमा गर्नसक्ने सहयोग चीनले गर्नेछ । 

उनले चिनियाँ स्वास्थ्य सामग्रीहरु भारतमा प्रवेश गरिसकेका र ती सामग्रीहरु भारतमा पठाउनका लागि जतिसक्दो चाँडै काम भइरहेको भन्दै अन्य थप आवश्यक सहयोगको बाचा पनि गरेका छन् ।