२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’ गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका गुनासा सम्बोधन गर्न सिसीएमसीद्वारा संयन्त्र गठन



अ+ अ-

काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ ।सिसीएमसीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सिसीएमसीले अनुरोध गरेको छ ।

यसैगरी विदेश जाने र विदेशबाट आउनेले सिसीएमसीको वेबसाइट ccmc.gov.np रहेको फारम भर्न अनुरोध गरिएको छ । यसरी सङ्क्रमण र बन्दाबन्दीमा परेका व्यक्तिलाई सहज बनाउनका लागि संयन्त्र गठन गरिएको हो । कोरोना भाइरस सङ्क्रमणको दर उच्च भएपछि सरकारले आजदेखि उपत्यकामा वैशाख मसान्तसम्म बन्दाबन्दीको घोषणा गरेको छ । रासस