२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

हस्तकला नेपालको निर्यातमा नेतृत्वदायी क्षेत्र बन्नसक्छ: उद्योगसचिव मरासिनी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले हस्तकला नेपालको निर्यातमा नेतृत्वदायी क्षेत्र बन्नसक्ने बताउनुभएको छ ।

मंगलवार नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला वस्तुहरु निर्यातका समस्या र समाधान विषयक गोष्ठीमा बोल्दै सचिव मरासिनीले यस्तो बताउनुभएको हो । उहाँले नेपालबाट विदेशमा निर्यात गर्नसक्ने धेरै वस्तुहरु रहेको भन्दै हस्तकला त्यसको नेतृत्वदायी क्षेत्र बन्नसक्ने सम्भावना रहेको बताउनु भयो । उहाँले सरकारले पनि प्राथमिकतामा राखेर उत्पादन वृद्धि गर्नसके निर्यातको नेतृत्व हस्तकला क्षेत्रले गर्ने दाबी गर्नुभयो । सचिव मरासिनीले हस्तकला परिवार,किसान,महिला र साना उद्यमीहरुसँग जोडिएको बताउनु भयो । उहाँले नेपालीहरु वैदेशिक रोजगारीको लागि भौंतारिएर विदेश गइरहेको बेलामा गाउँघर र समुदायमा नै थोरै शिक्षाबाट पनि उद्यमशिल बन्नसक्ने क्षेत्र हस्तकला भएको बताउनु भयो । उहाँले हस्तकलाका वस्तुहरु उत्पादन गरी विदेश निर्यात गर्नसके मात्रै मुुलुक आत्मनिर्भर बन्नसक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले निर्यातमा नगद अनुदान पनि दिइरहेको बताउनु भयो । उहाँले विदेश जाँदा र नेपालमा विदेशी पाहुनाहरु आउँदा नेपाली हस्तकलाको प्रयोग गर्न थालिएको बताउनु भयो । उहाँले हस्तकला बनाउने कालिगढहरुको अभाव भएर भारतबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्नको लागि नेपाली युवाहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने अवश्यकता औंल्याउनु भयो ।

उहाँले भन्नुभयो,‘ हस्तकला नेपालको विदेश निर्यात गर्ने लिडिङ क्षेत्र हुनसक्छ । नेपालले केही मुख्य वस्तुहरु निर्यात गर्नसक्छ । त्यसमध्ये नेतृत्वदायी क्षेत्र हस्तकला बन्नसक्छ । यो क्षेत्रको फाइदा परिवार,किसान,महिलासँग जोडिएको छ । नेपालीहरु वैदेशिक रोजगारीको लागि भौंतारिएर लाखौं युवाहरु विदेश गइरहेको बेलामा घरगाउँ र समुदायमा नै थोरै शिक्षाबाट पनि उद्यमशिलताका साथै आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्ने सम्भावना छ । सरकारले यसलाई प्राथमिकता दिनुपर्छ । सरकारले निर्यातमा नगद अनुदान पनि दिइरहेका छौं । विदेश जाँदा र नेपालमा विदेशी पाहुनाहरु आउँदा नेपाली हस्तकलाको प्रयोग गर्न थालिएको छ । हस्तकला बनाउने कालिगडहरुको अभाव भएर भारतबाट ल्याउनुपर्ने अवस्था रहेको सुन्छु । नेपाली युवाहरु २५ हजार तलबको लागि लाखौं रकम बुझाएर अरब जाने नेपालमा कामदार नहुने कमजोरी कसको हो । राज्यको कि व्यवसायीहरुको हो । सरकारले उद्यमशील गर्नेहरुलाई तालिमको लागि रकम छुट्याएको हुन्छ । त्यसबाट हस्तकला महासंघले सहकार्यमा कालिगढहरुलाई हस्तकला तालिम दिऔं ।’

उहाँले नेपाली युवाहरु २५ हजार तलबको लागि लाखौं रकम बुझाएर अरब जाने र नेपालमा कामदार नहुने अवस्था रहेको भन्दै यो कमजोरी सरकार र निजी क्षेत्र दुवैको भएको बताउनु भयो । उहाँले हस्तकला महासंघको सहकार्यमा कालिगढहरुलाई हस्तकला तालिम दिन सरकार तयार रहेको बताउनु भयो ।




भर्खरै