२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफएनसीसीआई अध्यक्ष ढकालद्वारा क्षेत्रीय सहकार्यमा जोड



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले देखिएका बहुआयामिक चुनौतिलाई पार गर्न एशिया प्रशान्त क्षेत्रका मुलुकहरुबिच सहकार्य जरुरी रहेको बताउनुभएको छ ।

जापानको राजधानी टोकियोमा आयोजित एशियन रोजगारदाता सम्मलेनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्व बिना कुनै पनि समस्या समाधान गर्न सहज नहुने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

एफएनसीसीआईका अध्यक्ष ढकालले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, श्रम आप्रवासन र सीप विकासलगायत एशिया प्यासिफिक क्षेत्रका साझा लक्ष्यहरु दोहोर्‍याउँदै, यस क्षेत्रका मुलुक र निजी क्षेत्रबिचको सहकार्य र सवन्वयबाटमात्र यी चुनौतिको सामना गर्न सकिने बताउनुभयो ।

ढकालले द्रुत डिजिटलाइजेसन र व्यवसाय सञ्चालनमा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०को एकीकरणतर्फ ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सम्भावित असमानताहरुलाई न्यूनीकरण गर्न श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।

ढकालले आर्थिक वृद्धि, रोजगारी सिर्जना, साना तथा मझौना उद्यमलाई सहयोग, सामाजिक सुरक्षा, सीप विकास तथा सामाजिक सम्वादको सुदृढीकरणमा नेपाल प्रतिवद्ध रहेको समेत बताउनुभयो ।

नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानीको प्रचुर सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले दुई ठूला र उदियमान मुलुक, चीन र भारतको बिचमा रहेकोले, नेपालमा बजारको ठूलो सम्भावना रहेको पनि बताउनुभयो ।

उहाँले नेपालको जलविद्युत, पर्यटन पूर्वाधार विकासको क्षेत्र फस्टाउँदो रहेको र यी क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउनुभयो ।
आफ्नो भनाइको अन्त्यमा अध्यक्ष ढकालले विकसित विश्वव्यापी समस्यालाई कम गर्न सबैको साथ र सहयोगको लागि समेत अपिल गर्नुभयो ।