१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा शान्ति स्थापना आजको आवश्यकता– पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति विश्वको साझा चाहना भएको बताउनुभएको छ ।

विश्व शान्ति दिवसका अवसरमा शुभकामना दिँदै उहाँले शान्ति हरेक देशको विकासको आधार समेत भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “शान्ति र स्थिरताविना कुनै पनि मुलुकले विकास र समृद्धि हासिल गर्न सक्दैन ।

आज विकासको नाममा भइरहेको प्रकृतिको अनावश्यक दोहन तथा स्रोत–साधन, शक्ति र सत्ताका लागि भइरहेको छिनाझपटीका कारण आज विश्वमा अशान्ति बढ्दै गइरहेको छ ।”

विविध चुनौतिहरूका बाबजुद आजको आवश्यकता विश्वमा शान्ति स्थापना गर्नु हो भन्दै उहाँले यसका लागि प्रत्येक व्यक्ति, परिवार, समाज र राज्यका साथै अन्तर्राष्ट्रिय संघ(संस्था सबैको संयुक्त पहलकदमी आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।