६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक स्थायित्व र सुशासन दिनसके सवै समस्या समाधान हुन्छन्: राष्ट्रपति



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सवैको ध्यान केन्द्रीत हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने बताउनुभयो । अति पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति विसंगति हटाउन सहज हुने पनि उहाँंको धारणा थियो ।

राष्ट्रपति पौडेलले नेपालमा दलितहरू बस्तीका कारण पनि पिडित बनेको बताउदै भन्नुभयो–‘‘जहाँ जहाँ असुरक्षित बस्ती छन् । त्यही दलित समुदाय बसेका छन् । वर्षातको समयमा पहाडमा बाढि पहिरोबाट पिडित हुने दलित समुदाय नै छन् । तराईमा पनि डुवानबाट दलित समुदाय नै पिडित बन्दै आएका छन् ।’’

राष्ट्रपति पौडेलले नेपालको संविधान अनुसार गठन भएका सवै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको धारणा राख्नुभयो । दलित अयोगका अध्यक्ष देवाराज विश्वकर्माले आयोगको बार्षिक प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसुची रहेको बताउनुभयो ।

उहाँले दलित आयोगले २२ वर्षपछि फेरि दलितको जात र थरको नयाँ सुचीकरण गरेको पनि जानकारी दिनुभयो ।