२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा धार्मिक द्वन्द्व फैल्याउन खोजे कारबाही हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ



file photo
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय एकता कायम गर्न सबै धार्मिक संघ, संस्थाहरुलाई अपिल गर्नुभएको छ ।

व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर नहुने भएकाले विविधतासहितको सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न धार्मिक संघ, संस्थाहरुले पनि पहल गर्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो । एक धार्मिक समुदायका मानिसले अर्को समुदायमाथि आक्रमण गरिरहेका बेला उहाँले विविधताबीचको एकता, सहिष्णुता र सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ पार्ने काममा सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन आग्रह गर्नुभयो ।

शुक्रवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विभिन्न धार्मिक संघ, संस्थाका प्रतिनिधिहरुलाई बोलाएर उहाँले मुलुकमा नियोजित रुपमा धार्मिक समुदायबीच भिडाउने प्रयास गरे जो कोहीलाई पनि सरकारले नियन्त्रणमा लिने चेतावनी दिनुभयो । एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना वा घृणा फैल्याउने खालको अभिव्यक्तिहरु देखा परेकाले यस्ता घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढने उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘हाम्रो मुलुकको रक्षा गर्नु, एकतालाई सुदृढ गर्नका निम्ति पनि हामीले धार्मिक, सांस्कृतिक सद्भाव र सहिष्णुतालाई बलियो बनाउनुपर्ने हुन्छ । यसको रक्षा गर्नैपर्ने हुन्छ । त्यसकारणले गर्दाखेरी हामीले यसले बढी गर्‍यो, हामीले किन नगर्ने ? भनेर धार्मिक संस्थाहरुले सोच्नुहुन्न भन्ने मेरो अनुरोध छ । त्यसको जराको खोजी गर्नु वा संविधान र कानून लागू गरेर पनि जति हदसम्म त्यसलाई हल गर्न सकिन्छ ? हल गर्नुपर्छ । त्यो गर्नु भनेर ध्यानाकर्षण गराउनु चाहीँ सही छ । तर धार्मिक संस्थाहरुले त भन्दा म के कम भन्न मिल्दैन । मेरो यो विनम्रतापूर्वक अनुरोध छ । हामीले विनम्रतापूर्वक विनयशीलतासहित हाम्रो धार्मिक आस्थाको रक्षा गर्नसक्छौं । त्यसरी मात्रै हामीले हाम्रो देशको यो मौलिक पहिचान, संस्कृति र विशेषताको रक्षा गर्नसक्छौं ।

त्यस निम्ति म विशेष अनुरोध गर्न चाहन्छु । जहाँसम्म धर्मकै पनि परिभाषा गरौ है । अलि ठिक छैन कि भन्ने छ । अहिले त हामीले संविधानलाई लागू गर्ने हो, कानुनलाई लागू गर्ने हो । त्यो पनि विषय हुनसक्छ । छुट्टै छलफल विनम्रतापुर्वक गर्न सकिन्छ प्राज्ञिक, बौद्धिक छलफलहरु । त्यसैगरी अरु सुझावहरु पनि हामी दिनसक्छौं । तर, अहिले भने हाम्रो इतिहासदेखिको मौलिक पहिचानसहितको विशेषता छ कि हाम्रो विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको बीचको विविधता बीचको एकता, सद्भाव र सहिष्णुता, त्यसको रक्षा गर्नु चाहीँ हाम्रो परम कर्तव्य हो भन्ने हामीले ठान्नुपर्दछ । त्यसरी हामीले हाम्रो मुलुकको पनि रक्षा गर्नसक्छौं ।

त्यसरी जाँदा मात्रै मुलुकका पनि रक्षा गर्न सकिन्छ । नत्रभने विभिन्न कोणबाट हाम्रो मुलुकलाई कमजोर पार्ने षडयन्त्रहरु भए भने हामीले त्यसलाई परास्त गर्ने काममा हाम्रो ध्यान नगएको पनि ठहर्न सक्छ । अहिलेनै हाम्रो मुलुकको रक्षामाथि कहीँबाट आक्रमण भयो भनेर हामीले सोचिहाल्नु पर्दैन । अहिलको विश्वमा विभिन्न खालको प्रयत्नहरु भएपनि हाम्रो नेपालीहरुले, हाम्रो पूर्खाहरुले अरु सारा देश उपनिवेशवादको शिकार हुँदा पनि हाम्रो देशलाई भने, हाम्रो सार्वभौमिकता र स्वाधिनतालाई रक्षा गरिराखेका थिए ।

त्यस्तो देशको नागरिक र जनता हुन पाएकोमा हामी गौरव गर्छौं । र, हाम्रो यहाँका जुनसुकै धार्मिक, सांस्कृतिक समुदायको भएपनि सबैको बीचमा प्रेम, स्नेह, सद्भाव, सहिष्णुतानै रहि आएको छ । र, अव पनि हुनुपर्छ । यही अभियानलाई हामी सबै मिलेर अगाडि बढाऔं । त्यसो गर्दाखेरी केही समययता जुन घटनाहरु भएका छन् । जहाँजहाँ संविधान र कानूनको कार्यान्वयनमा ध्यान दिनुपर्छ । त्यहाँ ध्यान दिइनेछ । तर म कुरो के भन्न चाहन्छु भने व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर हल हुँदैन । कहिलेकाही त्यसले अलि जटिल पनि बनाउन सक्छ । त्यसकारणले संविधान र कानुनको कार्यान्वयनको प्रक्रियालाई त हामी व्यवस्थित ढंगले अगाडि बढाउँछौं नै । तर यो विविधताको बीच एकता, सहिष्णुता र सदभावसहितको हाम्रो समाजको एकतालाई सुदृढ पार्ने काममा हामी सबैले जनचेतना जागृत गरेर, आ–आफ्नो ठाउँबाट भुमिका खेलेर, आपसी एकता र सद्भावलाई कसरी बलियो बनाउने भनेर जुटेर मात्रै सम्भव छ । त्यसकारण यस निम्ति म सबैलाई विशेष अपिल गर्न चाहन्छु । अरु कुराहरु तपाईहरुका सुझावहरु जति सकारात्मक छन् । तिनीहरुलाई ध्यान दिइनेछ, दिइएको छ ।

र, छुट्टाछुट्टै पनि तपाईहरुसँग छलफल गर्न सकिन्छ । तर देशलाई हामीले कुनै पनि कोणबाट अपm्ठ्यारोमा प्रवेश गर्न दिनु हुँदैन । एक छिन त हामीलाई लाग्ला देखाइ दिउँ । तर कसलाई देखाउने ? हाम्रो देश कमजोर भयो भने हामीले कसैलाई केही देखाउन सक्दैनौं । त्यसैले यो बारेमा गम्भिर भइदिनु पर्‍यो । र, एकाध घटना केही समययता देखापरेका छन् । त्यसप्रति चाँही हामी गम्भिर छौं । विभिन्न संगठनहरुको नाममा आएका छन, पर्चा आएका छन् । एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना वा घृणा फैल्याउने खालको अभिव्यक्तिहरु देखापरेका छन । त्यो जोसुकै भएपनि सम्झाएर, बुझाएर हामीले रोक्नुपर्छ । र, त्यसरी हामी एकतावद्ध भएर यो अभियान चाल्दाखेरी त्यो रोकिन्छ । तर, त्यतिखेर पनि नियोजित रुपमा कहीँकतैबाट तपाईहरुले यहाँ संकेत गरेजस्तै त्यसप्रकारका गतिविधि गर्न खोजिएको हो भने हामी प्रशासनिक रुपमा पनि दृढतापूर्वक अघि बढ्छौं ।’

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधिलाई सम्झाएर नियन्त्रणमा लिन चाहेको पनि दोहोर्‍याउनु भयो ।