२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्यान्डद्वारा बंगलादेश ८६ रनले पराजित, सोढीले लिए ६ विकेट



अ+ अ-

मिरपुर (बंगलादेश): विश्वकप क्रिकेटको तयारीमा रहेको न्यूजील्यान्डले दोस्रो एकदिवसीय खेलमा बंगलादेशलाई उसकै घरेलु मैदान मिरपुरमा ८६ रनले पराजित गरेको छ । न्यूजील्यान्डको यस प्रभावशाली जितमा इस सोढी एक्लैको ६ विकेट समावेश थियो ।

टस जितेर पहिले ब्याटिङ रोजेको न्यूजील्यान्डले ४९.२ ओभरमा सबै विकेट गुमाएर २५४ रनको मध्यम स्कोर खडा गरेको थियो । न्यूजील्यान्डका लागि टम ब्लन्डेलले सर्वाधिक ६८ रन बनाएका थिए ।

मिरपुरको सुस्त पिचमा हेन्री निकोल्सले ४९, इस सोढीले ३५, काइले जेमिसन र कोल म्याकोन्चीले संघर्षपूर्ण २०–२० रन बनाएका थिए ।

जितका लागि २५५ रनको लक्ष्य पछ्याएको बंगलादेशी टिम इस सोढीको घातक बलिङसामु निरिह भएको थियो । सोढीले १० ओभरमा ३९ रन दिएर ६ विकेट लिएका थिए । उनी प्लेयर अफ दी म्याच पनि घोषित भए ।

बंगलादेशका लागि तमिम इक्वालले ४४, महमुदुल्लाहले ४९ रन बनाउनु बाहेक अरु सबै खेलाडी सस्तैमा आउट भएका थिए ।

ब्याट्सम्यानहरु तमिम, तन्जिड हसन, सौम्य सर्कार, तोहिद हृदोय, माहेदी हसन, हसन महमुदलाई सोढीले पवेलियन फर्काएका थिए ।

अन्तमा, बंगलादेशको पूरै टिम ४१.१ ओभरमा १६८ रन बनाएर आउट भएको थियो ।

पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको थियो । अब तेस्रो तथा अन्तिम खेल मिरपुरमै आगामी मंगलबार हुनेछ । Agency