काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा पुनः गिरावट आएको छ । आज बुधबार तोलामा रु ७ सयको गिरावट भएको हो । हिजो (मंगलबार) प्रतितोला रु ९१ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज भने रु ७ सयले घटेर प्रतितोला रु ९० हजार ५ सय कायम भएको छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य आज प्रतितोला रु ९० हजार कायम गरिएको छ ।
उता चाँदीको मुल्य तोलामा रु १३०५ कायम गरिएको महासंघले जनाएको छ ।







