२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान



अ+ अ-

काठमाडौँ । इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।

नयाँ दिल्लीमा आयोजना हुन लागेको तेह्रौँ संस्करणको इन्डो–प्यासिफिक आर्मिज् चिफ कन्फरेन्स (आईपीएसीसी) मा सहभागिताका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री सरोज प्रताप राणाले बिदाई गरेका थिए । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो । भारत प्रस्थान गर्नु पूर्व आजै प्रधान सेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी श्री सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाह‌रूको सह-आयोजनामा असोज ८ गतेदेखि १० गतेस‌म्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन उपरथी योगराज शर्मा, महासेनानी वसन्त बहादुर गौतम, सेना प्रमुख सुबेदार रत्‍न बहादुर थापा मगर पनि भारततर्फ प्रस्थान गरेका छन् ।

भ्रमण कार्यक्रम सकेर प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।