२६ असार २०८३, शुक्रबार
,
Latest
आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता? प्रधानमन्त्रीलाई काँग्रेस प्रमुख सचेतक थापाको प्रश्नः गणेश नेपाली मृत्य प्रकरणमा किन मौनता साँधेको ? गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएल : रोमाञ्चक खेलमा बैंगलोर विजयी, १ रनले दिल्ली पराजित



आइपिएल कप
अ+ अ-

अहमदाबादः विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) को मंगलबारको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गरेको छ ।

दिल्ली क्यापिटल्सले टस जितेर पहिले ब्याटिङका लागि आमन्त्रण गरेको आरसिबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । आरसिबीका लागि एबी डि भिलियर्सले विस्फोटक ब्याटिङ गर्दै ७५ बनाए । उनले ५ छक्का र ३ चौका प्रहार गरेका थिए ।

जवाफमा दिल्ली क्यापिटल्सले राम्रै शुरुआत गरे पनि बीचमा रन रेट बढाउन नसक्दा पछिल्ला ओभरमा दबाब परेको थियो ।

शुरुआतका तीन ब्याट्सम्यान पृथ्वी श, स्टिभन स्मिथ र शिखर धवन टिमको स्कोर ४७ रन हुँदा आउट भएपछि दिल्ली दबाबमा परेको थियो ।

तर मार्कस स्टोइनिस र कप्तान रिषभ पन्तबीच राम्रै साझेदारी भएको थियो । स्टोइनिस २२ रन बनाएर आउट भएपछि दिल्ली लगभग हारको अवस्थामा पुगेको थियो ।

यसैबीच, मैदानमा प्रवेश गरेका वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान शिमरन हेटमायरले ५३ रन बनाए जसमा उनले ४ छक्का र ३ चौका सामेल थियो । रिषभ पन्त पनि ५८ रन बनाएर नटआउट रहे ।

जितका लागि अन्तिम ओभरमा १४ रन आवश्यक थियो, र दुबै खेलाडी फर्ममा रहे पनि आवश्यक १७२ रन बनाउन सकेनन् । अन्तिम ओभरको अन्तिम ३ बलमा १० रन चाहिएको अवस्थामा रिषभले २ चौका हाने, तर अरु १ रन बनाउन सकेनन् ।

यो जितसँगै आरसिबी अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
 
लिगको अंक तालिका

१. आरसिबी – १० अंक
२. सिएसके – ८ अंक
३. दिल्ली क्यापिटल्स – ८ अंक
४. मुम्बई इन्डियन्स – ४ अंक
५. केकेआर – ४ अंक
६. पंजाब किंग्स – ४ अंक
७. राजस्थान रोयल्स – ४ अंक
८. सनराइजर्स हैदराबाद – २ अंक

 




भर्खरै