२६ असार २०८३, शुक्रबार
,
Latest
संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता? प्रधानमन्त्रीलाई काँग्रेस प्रमुख सचेतक थापाको प्रश्नः गणेश नेपाली मृत्य प्रकरणमा किन मौनता साँधेको ? गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका तीनै जना काठमाडौं महानगरपालिकाका नगर प्रहरी हुन्। उनीहरूमध्ये दुई महिला र एक पुरुष रहेका छन्। हाल उनीहरूलाई कालीमाटी प्रहरी वृत्तमा राखेर घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो करिब १:३० बजे राहदानी विभागअगाडि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो।

प्रारम्भिक जानकारीअनुसार, घटनाअघि राहदानी विभागअगाडि पार्किङ गरिएको नेपालीको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ह्विल लक लगाएका थिए। त्यसपछि उत्पन्न घटनाक्रमको अनुसन्धानका क्रममा सम्बन्धित तीन नगर प्रहरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै