२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन– ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फुटपाथ हिँड्नकै लागि भए पनि परम्परा देखि फुटपाथमा रोजिरोटीका लागि गुजारा व्यापार गरिरहनुभएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य कुरा भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो भन्दै भन्नुभएको छ, “असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औँ वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।”

अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाइ एक्कासि परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक पनि हो भन्दै उहाँले हामीले महनगरबाट गरिबलाई नभई गरिबी लखेट्नु पर्ने बताउनुभयो ।

फुटपाथमा व्यापार गरिरहेकाहरुलाई उपमेयर सुनिता डंगोलले भेट्नु भएको भन्ने थाहा पाएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुवै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस् । समाधानको उपाय के हुन सक्छ, तपाईहरुको विचार पनि राख्नुस् है !”