२६ असार २०८३, शुक्रबार
,
Latest
माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न गणेश कार्कीको आग्रह मौद्रिक नीतिप्रति डेरी एसोसिएसन सकारात्मक, कार्यान्वयन प्रभावकारी बनाउन आग्रह अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी सुनचाँदीको मूल्य बढ्यो बागलुङमा बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजयसँग काम गर्न आतुर रश्मिका मन्दना, तेस्रो बलिउड फिल्म साइन गर्दै



अ+ अ-

एजेन्सी । रश्मिका मन्दनालाई आजभोलि भारतमा नेसनल क्रस भन्ने गरिन्छ । पहिलो फिल्म  ‘किरक’ पार्टी हिट भएसँगै दर्शकको रोजाइमा परेकी रश्मिकालाई बाँकी दुई फिल्म ‘डियर कमरेड’ र ‘गीता गोविन्दम्’ले स्टार बनायो ।

यसपछि त रश्मिका तेलगु फिल्ममा मात्र होइन बलिउडमा पनि रोज्जा बनिन् । यसैको असर रश्मिकाले यतिबेला दुइटा बलिउड फिल्म साइन गरेकी छिन् । सिद्धार्थ मल्होत्राको अपोजिटमा ‘मिसन मज्नु’ र अमिताभ बच्चनको ‘गुडबाई’ रश्मिकाले सुटिङ गरिरहेका बलिउड फिल्म हुन् । 

तर, दुईबाहेक रश्मिकाले तेस्रो बलिउड फिल्म साइन गर्न लागेको संकेत गरेकी छिन् । अल्लु अर्जुनसँग ‘पुष्पा’को सुटिङबाट बाँकी रहेको समयमा फ्यानसँग इन्स्टामा गफिँदै उनले तेस्रो बलिउड फिल्म साइन गर्न लागेको बताएकी छिन् । ‘तेस्रो बलिउड फिल्म गर्दैछु तर अहिले यसको बारेमा पुरै कुरा गर्न मिल्दैन,’ उनले लाइभमा भनेकी छिन् । 

रश्मिकालाई फ्यानले विजय देवकोरान्डासँगको तेस्रो फिल्मको बारेमा पनि जिज्ञासा राखेका थिए । ‘डियर कमरेड’ र ‘गीता गोविन्दम्’ मा सँगै काम गरेपछि दुवैको जोडीलाई दर्शक तेस्रो पटक पर्दामा हेर्न आतुर छन् । तर, दुईको जोडीलाई दर्शकले नयाँ फिल्ममा अनुबन्ध गरेका छैनन् । रश्मिकाले दुवैलाई सुहाउने स्क्रिप्ट आए आफू विजयसँग काम गर्न आतुर रहेको बताएकी छिन् ।